आईपीएलका सबै खेल स्थगित
नेपालखोज
२०७८ वैशाख २१ गते १३:५७

काठमाडाैं । प्रिमियर लीग (आईपीएल) का खेलहरू निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । बीसीसीआई स्रोतहरूको दाबी दिँदै यस्ताे खबर बाहिरिएको हो ।
विभिन्न टीमका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो निर्णय लिइएको बताइएको छ । यसै सन्दर्भमा भारतीय क्रिकेट बाेर्डले यस सिजनकाे आईपीएल निलम्बन गरेकाे पनि खबर बाहिरिएकाे छ । बाेर्डकाे निर्णय भने समाचार तयार गर्दासम्म बाहिरिएकाे छैन ।
सम्बन्धित
प्रतिक्रिया