राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी

नेपालखोज २०७८ वैशाख २१ गते १७:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) लगायत ७ वटा अध्यादेश जारी गरेकी छन् ।

भण्डारीले आज (मंगलबार) संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ लगायतका अध्यादेश जारी गरेकी हुन् ।

प्रतिक्रिया