प्रधानमन्त्रीलाई रामकुमारी झाँक्रीको आग्रह – दम्भ, अहंकार र जिद्दी त्याग्नुस्

नेपालखोज २०७८ वैशाख २२ गते १४:२७

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन् ।

उनले आफू मात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन् । उनले भनेकि छन, ‘हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिमी सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’

प्रतिक्रिया