प्रभुु लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १३ करोड ७८ लाख
नेपालखोज
२०७८ वैशाख २३ गते १२:२३

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ७८ लाख ३८ हजार एक सय ९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीले पाँच करोड ५५ लाख चार हजार दुुई सय २७ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुंजी दुुई अर्ब रुपैयाँ रहेको कम्पनीको चालुु आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी नौ रुपैयाँ १९ पैसा रहेको छ । सो अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय १८ रुपैंयाँ ३० पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया