वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनमा कसले कसरी सम्झिए ?

‘के सुन्दैछु म ..खबर झुटो होस,नत्र आज संगीतको कालो दिन ..’
– राजेश पायल राई, गायक
‘स्तब्ध छु! कसरी भन्नु नेपाली संगीतकाे हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिकरुपमा अब हामी बीच रहनु भएन! फेरि पनि सत्य यही हो। प्रेमध्वज दाइमा हार्दिक श्रध्दाञ्जली! भाउजुसहित शोक- सन्तप्त परिवारजनमा हार्दिक समवेदना !’
– दिनेश अधिकारी, गीतकार
‘Golden Voice को उपनामले चर्चित मीठो स्वरका धनी आदरणीय वरिष्ठ गायक एवं मेरो मित्र Prasanna Dhoj Pradhan का पुजनिय पिता प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले सिङ्गो देशलगायत सम्पुर्ण नेपाली संगित जगत र संगित प्रेमीहरुलाई अत्यन्तै दु:खीत बनार्को छ । उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछु ।’
– सञ्जय श्रेष्ठ, गायक
‘सांगीतिक क्षेत्रले एउटा ईतिहास गुमाएको छ । अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानकाे स्वर्ग महा-प्रस्थानकाे खवर सुन्नमा आएको छ । दाइ यहाँको बैकुण्ठ बाँस होस ।’
– विपिन किरण, गीतकार
‘अमर श्रस्टा, नेपाली संगीतका धरोहर आदरणिय प्रेमध्वज प्रधान ज्यु प्रति हार्दिक श्राद्धासुमन’
– वसन्त सापकाेटा, संगीतकार
‘निशब्द…. कस्तो दिन रहेछ आज… नेपाली संगीत जगत मा अपूरणीय क्षति …. खबर आयो आदरणीय प्रेमध्वज प्रधान ज्यू रहनु भएन रे ! Golden voice of Nepal हार्दिक श्रद्धांजली ।’
– प्रमोद खरेल ,गायक
‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्धेय प्रेमध्वज प्रधानज्यूको निधनको खबरले अति नै दुःखी बनायो उहाँकाे आत्माको चिरशान्तिको कामना गर्दछु ।’
– अर्जुन पाेखरेल, संगीतकार
‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानकाे स्वर्ग महाप्रस्थानकाे खबर आयो । उहाँकाे अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रहि नियमानुशार सहभागी भैदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत सँगीत सम्वन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारी ज्युहरुलाई सुन्धारा स्थित न्युराे हष्पिटलमा सहभागी भैदिनु हुन विनम्र अनुराेध गर्दछु।’
– लक्ष्मण शेष, संगीतकार
‘घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरीलगायत दर्जनौ कालजयी अजर नेपाली गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक, नेपाली संगीतका अग्रज धरोहर, कालजयी मखमली स्वरका बादशाह, आदरणिय प्रेम्ध्वज प्रधान ज्यु अब भौतिक रुपमा हामी माँझ रहनु भएन | उँहाको आत्माको स्वर्गमा वास होस हार्दिक श्र्दान्जली अर्पण गर्दछु | शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति दियुन हार्दिक समवेदना !’
– शिव परियार,गायक
‘अत्यन्त दुखद …अमर श्रस्टा नेपाली संगीतका धरोहर आदरणिय प्रेमध्वज प्रधानज्यु प्रति हार्दिक श्राद्धासुमन !’
– रुपक डाेटेल,गायक
‘भावपुर्ण हार्दिक श्रदांञ्जली! प्रेमध्वज प्रधान दाई… घुम्तिमा नआउँ है मायालु, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरीलगायत दर्जनौ कालजयी नेपाली गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक, नेपाली संगीतका अग्रज धरोहर ,कालजयी मखमलि स्वरका बादशाह, प्रेम्ध्वज प्रधान दाई अब भौतिक रुपमा हामि माँझ रहनु भएन | उँहाको स्वर्गमा वास होस र शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्…’
– बद्री पंगेनी, लाेकगायक
घुम्तिमा नआउ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गार्हो हुन्छ फूकाउन ! अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधान ज्युको निधनको खबरले अतिनै दुःखी बनायो उहाँकाे आत्माको चिरशान्तिको कामना गर्दछु । गजित बिस्त ,कलाकार घुम्तीमा नआउ है ….टाढा भै गयौ फेरि ….. हार्दिक श्रद्धाञ्जली अमर गायक प्रेमध्वज प्रधान ज्यु’
– राम कार्की संगीतकार

प्रतिक्रिया