नेपाल सुपर लिग : बुटवललाई हराउँदै ललितपुरको पहिलो जित

नेपालखोज २०७८ वैशाख २३ गते १९:०५

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

दशरथ रङ्गशालामा बिहीवार भएको पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । ललितपुरलाई जिताउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे ।

जितसँगै ललितपुरले पाँच खेलमा ६ अङ्क जोडेको छ । बुटवलको भने पाँच खेलमा पाँच अङ्क छ । दोस्रो खेलमा अहिले काठमाण्डौ रेजर्स एफसी र विराटनगर सिटी एफसी खेल्दै छन् ।

प्रतिक्रिया