मंगलबार, चैत ६, २०८०

कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक तयारी गर्न भारतीय सर्वोच्च अदालतको आदेश

नेपालखोज २०७८ वैशाख २३ गते २३:००

दिल्ली । भारतको सर्वोच्च अदालतले कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक तयारी गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश डीवाई चन्द्रचुड तथा एमआर शाहले इजलासले सहि तरिकाले तयारी अगाडी बढाए कोरोना भाइरेको तेस्रो लहरसँग जुध्न बल पुग्ने बताएको हो ।

हालै भारतीय वैज्ञानिकले भारतमा कोरोना भाइरसको तेस्रो लहरपनि आउने र त्यसले बालबालिकालाई पनि प्रभावित पार्ने बताएका थिए । वैज्ञानिकको उक्त अभिव्यक्ति पछि सर्वोच्चले भारत सरकारलाई तत्काल तयारी अगाडी बढाउन भनेको हो ।

साथै सर्वोच्चले एमबीबीएस पुरा गरे पीजी कोर्सको तयारीमा रहेका चिकित्सकहरुलाई पनि सरकारले कोरोनाको लडाईमा खटाउन सरकारलाई भनेको छ । भारतमा हाल डेढलाख डाक्टर मेडिकल कोर्स पुरा गरेर पीजी कोर्सको पर्खाइमा छन् भने साढे २ लाख नर्सहरु घरमै रहेका छन् । उनिहरुलाई जतिसक्दो छिटो कोरोनाको लडाईमा खटाउन सके त्यती सहज हुने सर्वोच्चको भनाई छ ।

प्रतिक्रिया