शनिबार, जेठ ५, २०८१

नेप्से १,९२२ अंकमा, सातामा चार अर्ब ३५ करोड ४८ लाखको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक १८ गते ११:००

काठमाडौं । यो साता नेप्से १९ सय २२ दशमलव १६ अंंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स तीन सय ७९ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ । सातामा दुई सय ३१ वटा कम्पनीहरुको ९२ हजार आठ सय ६७ पटकको कारोबारमा एक करोड ३६ लाख ६ हजार आठ सय १६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब ३५ करोड ४८ लाख चार हजार नौं सय ५८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता अर्थात तिहारअघि भने नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको ६७ हजार नौं सय ५५ पटकको कारोबारमा ७९ लाख चार हजार सात सय पाँच कित्ता सेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम दुई अर्ब ४७ करोड ६ लाख ४२ हजार ५९ रुपैयाँ कायम भएको थियो । यो साता नेप्से चार दिन मात्र खुल्ला रहेकोमा दोस्रो, तेस्रो र चौंथो दिन बढेको थियो भने पाँचौं दिन घटेको थियो । पहिलो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

जसमध्ये दोस्रो दिन १६ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ अंकमा पुग्न सफल भएको नेप्से पाँचौं कारोबार दिन १६ दशमलव १४ अंकले घटेर एक हजार नौं सय २२ दशमलव १६ अंकमा सिमित हुन पुगेको थियो । यसबिचका दिनहरुमा भने नेप्से बढेको थियो ।

यसैगरी दोस्रो दिन चार दशमलव ९३ अंकले बढेर तीन सय ७० दशमलव ८६ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन भने तीन दशमलव पाँच अंकले घटेर तीन सय ७९ दशमलव ४३ अंकमा सिमित हुन पुगेको थियो । यसबिचमा दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स पनि बढेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नबिल बैंक, एनआईसी एशिया बैंक, शिवम सिमेन्ट आदि अगाडि परेकाछन । सेयर कारोवार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम, नबिल बैंक आदि अगाडि परेकाछन । बजार पुँजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया