वाग्मतीमा रिक्त राष्ट्रियसभा उपनिर्वाचनकाे उम्मेदवारी मनोनयन आज
नेपालखोज
२०७८ वैशाख २४ गते ९:४६

हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ।
विपक्षी गठबन्धन काँग्रेस, माओवादीले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।
आगामी जेठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् ।
नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।
सम्बन्धित

प्रतिक्रिया