मंगलबार, असार १०, २०८२

ब्राजिलको प्रहरी अप्रेसनमा २५ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख २४ गते १०:३५

काठमाडौं । ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन् ।

लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो । त्यसपछि गोली हानाहान भएको थियो ।

प्रतिक्रिया