अहिलेसम्म कुनै सहमति भएको छैन : नेपाल

नेपालखोज २०७८ वैशाख २४ गते १४:१८

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले भनेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो ।’

उनले एकताबद्ध एमाले बनाउन वार्ता र लचकता दुवै अपनाउने बताएका छन् । उनले भनेका छन्, ‘हामी वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’

प्रतिक्रिया