काठमाडौं उपत्यकामा थप ४१ सय जनामा कोरोना पुष्टि

नेपालखोज २०७८ वैशाख २४ गते १८:०५

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै चार हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ । काठमाडौंमा थप चार हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा काठमाडौंमा तीन हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा तीन सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजारभन्दा धेरै रहेको छ । काठमाडौंमा २५ हजार नौ सय ४०, ललितपुरमा पाँच हजार चार सय २९ र भक्तपुरमा तीन हजार दुई सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया