डीसीजीआईले तोक्यो कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने आपत्कालीन औषधि

नयाँदिल्ली । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले आज ड्रग २-डी आँकसी-डी ग्लुकोज (२-डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमितका लागि यो वैकल्पिक उपचार हुने जनाइएको छ ।
यो औषधिले संक्रमणको वृद्धि रोकेर संक्रमितलाई चाँडो निको हुन मद्दत गर्ने दाबी गरिएको छ । २-डिजीलाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) को ल्याब इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिनले डा. रेड्डीज ल्याबरेटोरीको मद्दतले तयार गरेको हो ।
सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार ल्याएको पाइएको थियो । संक्रमितमा तेस्रो चरणको परीक्षणपछि यो औषधिलाई प्रयोगमा ल्याइएको हो ।
यो औषधि धुलोका रुपमा पाइनेछ, जसलाई पानीमा घोलेर संक्रमितलाई पिउन दिइने बीबीसीले उल्लेख गरेको छ । यो औषधि मानिसको कोषिकासम्म पुगेर संक्रमणलाई फैलन रोक्ने बताइएको छ ।
प्रतिक्रिया