विवेकशील साझाको महाधिवेशन स्थगित

नेपालखोज २०७८ वैशाख २६ गते १५:०५

काठमाडौं । कोरोना कहरले विवेकशील साझाको महाधिवेशन स्थगित भएको छ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएकाे हाे ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र गतिमा फैलिएर अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो।

परिस्थिति सहज बनेपछि अनुकूलता अनुसार केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने विवेकशील साझाले जनाएको छ ।

प्रतिक्रिया