पूर्वप्रधानमन्त्री खनाल कोरोनामुक्त, अझै केही दिन अस्पतालमै रहने
नेपालखोज
२०७८ वैशाख २७ गते ९:२२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमित भएपछि यही वैशाख १८ गते उनी काठमाडौंको नर्भिक इन्टरनेशल अस्पतालमा भर्ना भएका थिए ।
हिजो पिसिआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन् ।
खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया