संसद बैठकअघि नेपाल समूह छलफलमा
नेपालखोज
२०७८ वैशाख २७ गते ९:५९

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूूहको बैठक सुरु भएको छ ।
आफ्नो समूहका सांसदहरुको राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि एउटा निर्णयमा पुग्न उनीहरु छलफलमा जुटेका हुुन् । प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ ।
यो समूूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई २०७५ जेठ २ कै अवस्थामा फर्किन आज बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिएको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि नेपाल पक्षले सांसदको बैठक बोलाएको हो ।
सम्बन्धित

प्रतिक्रिया