एसईई र कक्षा १२ को परीक्षा स्थगित
नेपालखोज
२०७८ वैशाख २७ गते ११:१७

काठमाडाैं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको पनि उनले बताएका छन् ।
बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया