मंगलबार, मंसिर २३, २०८२

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

नेपालखोज २०७८ वैशाख २७ गते १३:२२

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा आजै प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिने तयारी गरेका छन् ।

त्यस्तै, एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा नदिने तर पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । २ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दिएको ‘डेडलाइन’ सकिएपछि आज सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिन प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो ।

त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने बताएका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रस्ष्ट पारेका छन् ।

प्रतिक्रिया