शनिबार, वैशाख ८, २०८१

अमेरिकामा इन्धन पाइपलाइनमा साइबर हमलाका कारण आपत्‌काल घोषणा

नेपालखोज २०७८ वैशाख २७ गते १३:४२

काठमाडौं । अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि त्यहाँको सरकारले आपत्काल घोषणा गरेको बीबीसीले जनाएकोे छ ।

कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।

प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।

साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा आक्रमण गरेको थियो र अहिलेसम्म यसको मर्मतको काम चलिरहेको छ ।

आपत्काल घोषणा गरिएपछि अब यहाँबाट इन्धनको आपूर्ति पाइपलाइनको साटो सडक मार्गबाट हुन सक्ने बीबीसीले जनाएको छ । कम्पनीले भने आफ्नो सेवा सुरु गर्न प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सम्पर्कमा रहेको जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया