प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखोज २०७८ वैशाख २७ गते १४:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका एक मन्त्रीले नेपाल खोजलाई जानकारी दिए ।

आजै संसद अधिवेशन आह्वान भएको दिन । ओलीले संसद्‌बाट विश्वासको मत लिने तयारी गरिरहेका थिए । तर नेकपा एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले ओलीका पक्षमा मतदान नगर्ने भनेसँगै उनले विश्वासको मत नपाउने निश्चित छ । यसै क्रममा प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

स्रोतका अनुसार आजै प्रधानमन्त्रीले राजीनामासमेत दिन सक्नेछन् ।

प्रतिक्रिया