सरकारमाथि विश्वास नगर्नुपर्ने कारण छैन : ओली

नेपालखोज २०७८ वैशाख २७ गते १४:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सरकारले गरेका काम र उठाएका मुद्दाका आधारमा अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरेका हुन्।

उनले भौगोलिक अण्खण्डता र राष्ट्रहितलाई सर्वेपरी राखेर काम गर्ने र राष्ट्रहितलाई माथि उठाउन कुनै पनि कसर बाँकी नराखेको बताए।प्रधानमन्त्री ओलीले राष्ट्रियताको विषयमा यति उपलब्धिपूर्ण रुपमा अघि बढेको सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण नै नभएको दाबी दोहोर्‍याए।

उनले सुशासन र शान्ति सुव्यवस्था तथा राष्ट्रिय समस्याहरुको समाधान गर्न सरकार अग्रसर भएको बताए। सरकार प्रभावकारी र सशक्त रुपमा अघि बढेकाले विश्वास गर्न नपर्ने कुनै कारण नभएको उनको भनाइ छ।

प्रतिक्रिया