प्रधानमन्त्री ओलीको विश्वासको मतको फैसला गर्न मतदान हुँदै
नेपालखोज
२०७८ वैशाख २७ गते १७:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा मतविभाजन शुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको हो ।
त्यसअघि सभामुख अग्नि सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए । अहिले मतदान जारी छ । मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।
त्यसपछि सबै दलका नेताहरुले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । जसका जवाफ प्रधानमन्त्री ओलीले दिएपछि मतविभाजन शुरु भएको हो ।
सम्बन्धित

प्रतिक्रिया