एकैदिन कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु, ४ हजार ७ जना डिस्चार्ज
नेपालखोज
२०७८ वैशाख २७ गते १९:०३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज थप ९२७१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । पीसीआर विधिबाट आज १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको संख्या यो हालसम्मकै धेरै हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ।
सम्बन्धित

प्रतिक्रिया