शनिबार, असार २१, २०८२

तोकिएभन्दा बढी भाडा लिएको पाइए खबर गर्न प्राधिकरणको आग्रह

नेपालखोज २०७८ वैशाख २७ गते १९:३९

काठमाडौं । हेलिकोप्टर कम्पनीहरुले तोकिएभन्दा बढी भाडा लिएकोभन्दै हवाई सेवा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना संक्रमितको उद्धार उडानका लागि दिइएको अनुमतिमा केही हेलिकोप्टर कम्पनीहरुले प्राधिकरणले तोकेकोभन्दा धेरै भाडा असुलेको गुनासो आएको जनाएको छ ।

जोखिमवापत दिइने शुल्कसमेत कम लिन हेलिकोप्टर कम्पनीहरुलाई यसअघि नै निर्देशन दिइसकेको प्राधिकरणले जनाएको छ । विचौलियामार्फत ठगी भए तत्काल खबर गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

No description available.

प्रतिक्रिया