आइतबार, वैशाख १४, २०८२

गण्डकीमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

नेपालखोज २०७८ वैशाख २८ गते ८:३०

काठमाडौं । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन भएको छैन् ।

अहिले प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया