शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणपछि उपचार गराइरहेका पूर्वप्रधानमन्त्री खनाल घर फर्किए

नेपालखोज २०७८ वैशाख २८ गते १७:१२


काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् ।

उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहाअनुसार डिस्चार्ज भएका जानकारी दिए ।

सङ्क्रमण भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।

प्रतिक्रिया