‘अहिलेको काम पर्याप्त भएन, स्वास्थ्य संकटकालमा जानुपर्ने अवस्था आउन सक्छ’
नेपालखोज
२०७८ वैशाख २८ गते १८:१७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीका कारण देशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री त्रिपाठीले कोरोना भाइरस नियन्त्रणका लागि अहिलेका काम पर्याप्त नभएको भन्दै नयाँ कदमहरू आवश्यक पर्ने बताए। नयाँ कदमका बारेमा सरकारले सामूहिकरूपमा छलफल गरेर निर्णय लिने उनले बताए ।
मन्त्री त्रिपाठीले अक्सिजनको प्रयोग धेरै बढेकाले माग र उत्पादन क्षमताबीच ठूलो फरक आइ समस्या भएको बताए । यसबीचमा कतिपय अस्पतालमा बिग्रेका अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याए पनि मागअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए ।
मन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा कसैलाई कमिसन दिने र कसैबाट कमिसन लिने काम नभएको पनि दाबी गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया