चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा कहिले ? (स्थान र मितिसहित)
नेपालखोज
२०७८ वैशाख २९ गते ९:४७

काठमाडौं । कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो खोप लगाएकाहरुका लागि दोस्रो मात्रा लगाउने स्थान र मितिसहित कार्यतालिका सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेल लगाउन थालिनेछ । यसबीचमा करिब एक लाख ६० हजारलाई खोप दिने लक्ष्य राखिएको छ ।
हेर्नुहोस् तपाइको पालो कहिले र कहाँ

त्यसैगरी काठमाडौंस्थित जनस्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरसहित ९ वटा पालिकामा खोप केन्द्र तोकिएको छ।
हेर्नुहोस् विज्ञप्तिसहित

उक्त खोप एक मात्रा लगाइसकेका १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन सक्नेछन् । खोप अभियान निर्देशित मापदण्डको पूर्ण पालना हुने गरी सञ्चालन गर्नु पर्नेछ भने भेरोसेल खोपको दोस्रो मात्रा लिन जाँदा पहिलो खोपको कार्डका साथै परिचयपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया