घनश्याम भुसाल भन्छन्- माधव-झलनाथलाई गाली गरेर पार्टी विभाजन गर्न लागियो

नेपालखोज २०७८ वैशाख २९ गते १४:३५

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवलाई नेपाललाई गाली गरेर बाँकी रहेको पार्टी विभाजन गर्न लागिएको आरोप लगाएका छन् ।

उनले आज नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएको र अहिले नेपाल-खनाललाई गाली गरेर बाँकी रहेको एमाले विभाजन गर्न लागिएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्नेहरु अहिले एमाले विभाजन गर्न नेपाल-खनाललाई गाली गरिरहेको बताए । सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजिँदै छ ।’

यस्तो छ भुसालको टिप्पणी :
हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै छ ।

आज हामीविरुद्ध गरिएका गाली-गलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।

प्रतिक्रिया