पूर्वबैंकर नीरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

नेपालखोज २०७८ वैशाख २९ गते १५:१३

काठमाडौं । पूर्वबैंकर नीरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकर श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको हो ।

श्रेष्ठले माछापुच्छ्रे बैंक, सनराइज बैंक, ग्लोबल आईमई बैंकलगायतमा उच्च व्यवस्थापन तहमा बसेर काम गरेका थिए । दिवंगत श्रेष्ठको श्रीमती र छोरी छन् ।

प्रतिक्रिया