शुक्रबार, वैशाख १४, २०८१

नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक, शून्य दशमलव ५६ अंकले बढ्दा ६ अर्ब ३२ करोडको कारोबार

नेपालखोज २०७८ वैशाख २९ गते १५:४३

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन २७ दशमलव ४७ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने शून्य दशमलव ५६ अंकले बढेर २६ सय ७३ दशमलव ८८ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १४ अंकले बढेर चार सय ७८ दशमलव ३८ अंकमा पुगेको छ । दुई सय १५ वटा कम्पनीहरूको ६२ हजार नौ सय ७२ पटकको कारोबारमा एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार आठ सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा ६ वटा समूहको सूचक घटेर सातवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ४२ अंकले घटेर १७ सय ८१ दशमलव ७७ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि ६६ दशमलव ८६ अंकले घटेर १७ हजार तीन सय दुई दशमलव नौ अंकमा पुगेको छ ।

यीबाहेक ट्रेडिङ, लघुवित्त, होटेल तथा पर्यटन र अन्य समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज तीन दशमलव ८१ अंकले बढेर २८ सय ३६ दशमलव ७६ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ३१ दशमलव ६ अंकले बढेर १३ हजार ६ सय ५४ अंकमा पुगेको छ । यसैगरी जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समूहको सूचकहरू पनि बढेका छन् ।

आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय २७ रुपैयाँमा कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापकतर्फ प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेर तीन सय ७० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १५ सय ५० रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ११ लाख २९ हजार एक सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबारमध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया