शनिबार, जेठ ५, २०८१

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

नेपालखोज २०७९ असार २९ गते ११:५७

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको १०८औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रकोे मस्यौदा स्वीकृत गरेको छ ।

बैठकले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न कम्पनीका सञ्चालक समिति सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने तथा बिमा समितिलगायत सम्बन्धित निकायमा आशयपत्र पेस गर्ने निर्णय गरेको छ ।

सोहीअनुसार बुधबार बिहान ९ बजे राजधानीमा आयोजित एक समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो प्रारम्भिक समझदारीपत्रमा रिलायन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमाका तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् ।

दायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात् अन्यथा नभएमा १:१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको छ । उक्त समारोहमा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमाका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता थियो ।

प्रतिक्रिया