‘राजीनामा दिएर भए पनि ओलीलाई पदमुक्त गरौं’
नेपालखोज
२०७८ वैशाख २९ गते १८:५९

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता भीम रावलले एमाले संसदहरुले राजीनामा दिएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ सामाजिक सन्जाल ट्विटरमा बुधबार उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’
उनी माधवकुमार नेपाल-झलनाथ खनाल पक्षीय नेता मानिन्छन् ।
सम्बन्धित

प्रतिक्रिया