शुक्रबार, जेठ ४, २०८१

यो नरसंहारको दोषी हो ?

भानुभक्त आचार्य २०७८ वैशाख ३० गते ८:४६

कोरोना भाइरसलाई ख्यालठट्टा र
मजाकको विषय बनाएर,
घाँटीसम्म पुगे
खोकखाक गरेपछि गइहाल्छ भनेर,
उद्घाटन, शिलान्यास र
राजनीतिक प्रचारको भिड जम्मा पारेर
नेपाली सर्वसाधारणलाई
कोरोना महामारीलाई
नजरअन्दाज गर्न उकास्ने,
स्वास्थ्य सामग्रीमा समेत
कमिसनखोरहरु घटाएर
आवश्यक पूर्वतयारी नगर्ने
प्रचारको भोको
केपी शर्मा ओलीको नेतृत्व
यो नरसंहारको दोषी हो ।
ओली नांगेझार भइसक्दासमेत
‘महाराजको यो नयाँ पोसाक हो’ भनेर
उकास्ने चाप्लुक, दलाल र
ओलीले जे भने पनि
थपडी बनाउने,
लम्पट कार्यकर्ता
पनि उत्तिकै दोषी छन् ।
हे ठोरीका रामचन्द्र,
यिनीहरुलाई कोरोना नलागोस् ।
यिनीहरुलाई अजम्बरी बनादिएस् ।

प्रतिक्रिया