कसरी पाउनुभयो हजुर सांसद ?

अर्जुन पराजुली २०७९ मंसिर २६ गते २०:०६

किनर पाउनुभयो कि चिनेर ?!
कि बढाबढमा मोल छिनेर ?!
कसरी पाउनुभयो हजुर सांसद ?!
कि मर्निङ्वाकमा सँगै हिनेर ?!

चाकरी मात्रै कि लम्मसार गरेर ?!
भाग कसको -कसको हरेर ?!
कसरी पाउनुभयो हजुर सांसद ?!
कि पाउनुभयो श्रीमती परेर ?!

साटेर पाउनुभयो कि चाटेर ?!
कर्दले कुरा कसको काटेर ?!
कसरी पाउनु भयो हजुर सांसद ?!
कि मान्छे मान्छेको डोरी बाटेर ?!

जोतेर खेत दाको कि खनेर ?!
उधारोमा कि नगद ख-खनी गरेर ?!
कसरी पाउनुभयो हजुर सांसद ?!
खेतालो लाउनुभयो कि आफैँले भनेर ?!

अर्जुन पराजुली

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया