काठमाडौं उपत्यकामा रातभर झरी, देशभरको मौसमी अवस्था कस्तो ?

नेपालखोज २०७८ वैशाख ३० गते ८:२५
फाइल तस्बिर

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा र बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

जसका कारण केही दिनदेखि देशका धेरैजसो स्थानमा बदली भएको मौसम आगामी शनिबारसम्म कायम रहने भएको छ । शनिबारदेखि भने मौसम क्रमिक रुपमा सुधारिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार अहिले देशका अधिकांश स्थानको मौसम बदली भई वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । दिउँसो वाग्मती र गण्डकीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको अनुुमान छ ।

रातभर झरी परेको काठमाडौं उपत्यकामासमेत दिउँसोसम्म पानी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया