बुधबार, असार ११, २०८२

२ देखि १८ वर्षकालाई पनि कोरोनाविरुद्धको खोप दिने भारतको तयारी

नेपालखोज २०७८ वैशाख ३० गते ८:३९
फाइल फाेटाे

एजेन्सी । भारतले २ देखि १८ वर्षका उमेर समूहका लागि पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।

बालबालिकाहरुमा पनि संक्रमण देखिन थालेपछि भारतले खोपको दायरा बढाउने तयारी गरेको हो ।

यो तयारी सम्भव भए क्यानडा र अमेरिकापछि सफलता हासिल गर्ने भारत तेस्रो राष्ट्र बन्नेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले यो उमेर समूहका लागि पनि भ्याक्सिन तयार गर्दैछ ।

सेन्ट्रल ड्रग्स स्टयाण्डर्ड कन्ट्रोल अर्गनाइजेशनको सब्जेक्ट एक्सपर्ट कमिटीले २ देखि १८ वर्ष उमेर समूहका लागि भारतको बायोटेकको कोभ्याक्सिनको दोस्रो तेस्रो ट्रायलको स्वीकृति दिएको छ ।

प्रतिक्रिया