बुधबार, असार ११, २०८२

तमिलनाडुका मुख्यमन्त्रीको घोषणा : फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख

नेपालखोज २०७८ वैशाख ३० गते ८:४९

एजेन्सी । भारतको तमिलनाडु राज्य सरकारले कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेर काम गर्दागर्दै ज्यान गुमाएका ब्यक्तिका परिवारलाई २५ लाख भारु दिने घोषणा गरेको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाउने फ्रन्टलाइनरलाई राहतस्वरुप जनही २५ लाख भारु दिने घोषणा गरेका हुन् । उनले हालसम्म ४३ जनाको परिवारलाई जनही २५ लाख भारु दिइने बताएका छन् ।

यस्तै मुख्यमन्त्री स्टालिनले संक्रमितको उपचारमा खटिएकालाई पनि पुरस्कृत गरिने बताए । ‘कर्तव्य निर्भाह गर्न खटिएका मेडिकल स्टाफहरुलाई उचित इनाम दिइनेछ,’ उनले भने,’ जसले यस महामारीको समयमा बिरामीहरुको ज्यान बचाउन चौबीसै घण्टा काम गरिरहेका छन् ।’

उनका अनुसार चिकित्सककर्मीहरुलाई अप्रिल, मे र जुन महिनाको बोनस दिइनेछ । डाक्टरलाई ३० हजार, नर्सलाई २० हजार र अन्य कर्मचारीहरुलाई १५ हजार दिइने बताइएको छ ।

प्रतिक्रिया