नयाँ सरकार गठनका लागि तोकिएको तीन दिनको समय आज राति ९ बजे सकिँदै

नेपालखोज २०७८ वैशाख ३० गते ९:२२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा सरकार गठनका लागि तोकेको ३ दिनको समय आज (बिहीबार) राती ९ बजे सकिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा वढि दल सम्मलित सरकार तीन दिनभित्र गठन गरिसक्न समयसीमा तोकेकी छन् ।

जसअनुसार नेपाली कांग्रेस, माओबादी केन्द्र र नयाँ सरकार गठनका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह सरकार गठनका लागि तिब्र दौडदुबमा छन् । तर जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपति कार्यालयलाई पत्र पठाउदै नयाँ सरकार गठनका लागि आफ्नो सहभागिता नरहने बताएपछि सरकार गठनको सम्भावना न्यून देखिएको छ ।

यसबीचमा सरकार बन्न नसक्ने सम्भावना वढेका बेला सत्तारुढ नेकपा एमालेकै माधव नेपाल समूहका सांसद राजीनामा दिएर भए पनि विपक्षी दललाई सरकार गठनको बाटो खुला गर्ने निर्णयमा पुगेका छन् ।

यदी नेपाल समूहका सांसदले राजीनामा दिए संसदमा कायम रहने संख्याको आधारमा जसपाको महन्थ ठाकुर पक्ष तथष्ट भूमिकामा रहे पनि विपक्षी दलको सरकार बन्नेछ ।

नेपाल समूूहमा राजीनामाको लागि अन्तिम तयारी भए पनि कतिपय नेताले त्यस्तो गर्न नहुुनेमा दबाब दिइरहेका समाचारहरु आइरहेका छन् । उता प्रधानमन्त्री ओलीले नेपाल समूूहलाई मनाउन आन्तरिकरुपमा बार्ता गरिरहेको बताइएको छ ।

प्रतिक्रिया