अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी
नेपालखोज
२०७८ वैशाख ३० गते १०:१०

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव देखाएर धमाधम विरामीहरुलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन अभावको कारण देखाइ जनतामा त्रास नफैल्याउन चेतावनी दिएको हो ।
संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भइ कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया