सोमबार, वैशाख १५, २०८२

अक्सिजन प्लान्ट निर्माणका लागि बतास फाउन्डेसनकाे सहयाेग

नेपालखोज २०७८ वैशाख ३० गते ११:१९

काठमाडाैं । पोखरा क्षेत्रीय अस्पतालको आवश्यकता धान्न अक्सिजन प्लान्ट निर्माणका लागि बतास फाउन्डेसन अगाडि बढेकाे छ । प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने फाउन्डेसनका आनन्दराज बतासले बताए । उनका अनुसार अहिलेसम्म डेढ करोड रुपैयाँ उठिसकेको छ ।

सहयाेग गर्नेहरूमा अटोवेज प्रालीका नारायण पौडेल, सेल वेज प्रालीका शुसिल प्रधानाङ्ग, सुपर मादी हाइड्रो पावरका पुष्प ज्योती ढुंगाना, क्वालिट एग्रिगेट माइनिङका देबबहादुर ज्वारचन र बि रिभर माइनिङ प्राली रहेका छन् ।

उनीहरूले २५-२५ लाख सहयाेग गरेका हुन् । बतास फाउन्डेसनले पनि २५ लाख रुपैयाँ सहयोग गरेको उनले बताएका छन् ।

प्रतिघण्टा १०-१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट ६० देखि ९० दिन भित्रमा तयार गरिसक्ने आनन्दराज बतासले जानकारी दिए।

प्रतिक्रिया