सुनको मूल्य घट्याे
नेपालखोज
२०७८ वैशाख ३० गते १२:५०

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । हिजोभन्दा तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया