सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु

नेपालखोज २०७८ वैशाख ३० गते १३:०९

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा आज (बिहीबार) मृत्यु भएको हो ।

उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए । दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ।

यो याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।

प्रतिक्रिया