क्याप्टेन रामेश्वर थापाको घरमा ओली-नेपाल भेट, पार्टीको विवाद सुल्झाउने तयारी
नेपालखोज
२०७८ वैशाख ३० गते १४:३३

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता जारी छ ।
उनीहरूबीच व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ ।
बैठकले नेता नेपालसँगै उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया