धुलिखेल नगरपालिकाले कोरोनाको जोखिम रहुञ्जेल कर छुट गर्ने (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख ३० गते १४:५२

काठमाडौं । धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटेल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाह गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो वर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटेल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।

बिहीबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताए । उनले होटेल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिएको भन्दै उहाँले आफुहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताए ।

धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटेलहरु सञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताहन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटेल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।

प्रतिक्रिया