शुक्रबार, वैशाख ७, २०८१

सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

नेपालखोज २०७८ वैशाख ३० गते १७:४९


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिक वन काठमाण्डौ प्रा.लि.बीच कोभिड १९ प्रि एण्ड पोष्ट सर्भिस सम्बन्धी साझेदारी भएको छ ।

हाल विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यो बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टरसम्म सहज पहुंच नपुगी रहेको परिप्रेक्षमा कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थय सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत क्लिनिक वन संग कोभिड १९ प्रि एण्ड पोष्ट सर्भिस सम्झौता गरेको व्यहोरा जानकारी गराएको हो ।

उक्त सम्झौता अनुसार कम्पनीसंग सम्वन्ध व्यक्तिहरुले उक्त क्लिनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

कोभिड केयर सेवामार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल््याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ ।

यसको लागि कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाईन फोन नं.को व्यवस्था गरिएको छ । हरेक विषम परिस्थितिलाई अवसरकोरुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्र्तगत अनलाइनमार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागि सिटिजन केयर कार्यक्रम संचालन गरेको छ ।

कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विद्युतीय माध्यमहरु इत्यादि मार्फत भुक्तानी गर्न सकिने व्यवस्था विगत वर्षदेखी रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया