कोभिड अपडेट : ८ हजार ९६० जनामा संक्रमण पुष्टि, ५ हजार ५५ जना डिस्चार्ज
नेपालखोज
२०७८ वैशाख ३० गते १७:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरबाट पीसीआर विधिबाट १९ हजार ४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ४४६६ जना पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया