‘पार्टीभित्रको विवाद समाधान गर्न प्रारम्भिक संवाद सुरु भयाे, अब एक भएर अघि बढ्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको विवाद हल गर्न प्रारम्भिक संवाद शुरू भएको जनाएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले अब पार्टीलाई एक बनाएर अघि बढ्नुपर्ने उल्लेख गरेका हुन् ।
उनले अब पार्टी एक भएर अघि बढ्नेमा आफू ढुक्क रहेको भन्दै पार्टी एकतालाई मजबुद बनाउन थालेको कदमका लागि उनले धन्यवाद भनेका छन् । साथै नेता गौतमले देशको ४३ औँ प्रधानमन्त्री बन्न सफल भएकाेमा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाइ शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष कमरेड केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव कमरेड माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न प्रारम्भिक सम्बाद सुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ ।

प्रतिक्रिया