बुधबार, वैशाख १२, २०८१

पीसीआर परीक्षण शुल्क घट्यो

नेपालखोज २०७८ वैशाख ३१ गते १५:३७


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड-१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पीसीआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले रु एक हजार शुल्कमा पीसीआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि रु एक हजारमा पीसीआर परीक्षण सुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

प्रतिक्रिया