माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु

नेपालखोज २०७८ वैशाख ३१ गते १६:२४


बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए।

घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकै घरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए । शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ ।

उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया